
धादिङ साउन ८ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा साउन ५ गत पछि आएको अविरल वर्षाले आएको बाढी पहिरोले धेरै क्षेति पुर्यो । बेनीघाट रोराङ क्षेत्रमा राजमार्ग अझै सुचारुमा आउन सकेको छैन । सडकहरु भत्तिएका छन् स्वास्थ्य चौकीहरुमा क्षेति पुगेको छ । घरहरु,गाडीहरु पहिरोमा परेका छन् ।
यो विपत्तीमा सहरा बन्दै छ बेनीघाट रोराङको कारु प्रतिष्ठान । बुधबार धादिङ र गोराखा जोड्ने बेनीघाट स्थीत पुलमा जमेको लेदो हटाएको कारु समाजले बिहिबार वडा नम्बर ३ को मालिङ्गामा इन्द्र कडेलको घरको पहिरो पन्छाउने काम गरेको दिपेश कडेलले बताए ।

यस्तै प्रतिष्ठानले शुक्रबार वडा नम्बर ५ मा पहिरो पन्छाउने काम गर्ने अध्यक्ष प्रतिष्ठानका सिपक सिलवालले धादिङपोष्टलाई बताए ।
सामाजिक सेवा क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको यस प्रतिष्ठानले बेनिघाटले कारु स्मृति दिवसको अवसरमा क्रिकेट प्रतियोगिता समेत गर्दै आईरहेको छ ।

