मलेखुमा पहिरो जाँदा पाँच घर पुरियो, राजमार्ग समेत अवरुद्ध

Avatar photo
Dhadingpost
सोमवार, साउन ५, २०७७

धादिङ साउन ५ । धादिङको मलेखु स्थित फुर्केखोला र मलेखुबजार पुल छेउमा पहिरो जाँदा ५ घर पुरिएको छ भने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

धादिङमा आइतबार बिहान देखि परे अविरल पानी अझै नरोकिँदा पहिरो खस्न सुरुभए सँगै पृथ्वीराजमार्गको विभिन्न ठाउँ पहिरो गएको छ । आज बिहान १२:३० मा गएको पहिरोले मलेखुका ५ घर पुरिएका छ भने १ जना पुरिएको आशंकामा पहिरो पन्छाउन थालिएको मलेखुबाट रामहरि थापाले बताए ।

घटना पहिरो गएको उक्त स्थानमा प्रहरी पुगीसकेको छ, भने सर्वसाधरणहरुलाई समेत उक्त पहिरो स्थलमा आवत जावत गर्न रोकिएको छ । मलेखु फुर्केखोलामा भने माथी डाँडामा खनिएको सडकको लेदो बगर आउँदा सडक अवस्द्ध मात्र भएको छैन बजार समेत जोखिममा परेको स्थानीयलाई उधृत गर्दै थापाले बताए ।