धादिङका कराँते प्रशिक्षक भिम गुरुङ माथि हातपात

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २, २०७७

धादिङ साउन २ । राष्ट्रिय खेलकुद परिषद अन्तरगत जिल्ला खेलकुद विकास समिति धादिङका कराँते प्रशिक्षक भिम गुरुङले, जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन्द्र रेग्मीले आफुलाई हातपात गरेको बताएका छन् ।

कर्भड हल खाली गर भन्दै प्रमुख रविन्द्र रेग्मीले गाली गलौज गर्दै, व्याडमीन्टन ¥याकेटले हान्नुका साथै छातिमा मुक्का प्रहार गरेको कराँते प्रशिक्षक भिम गुरुङले धादिङपोष्टलाई बताए ।

घटनाको भत्सर्ना गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले जिल्लाको स्थापित कराँते गुरु माथि नै यस खालको दादागिरी पुर्वक भएको घटनाको दोषिलाई कार्वाही गर्न माग गरेका छन् ।

धादिङपोष्ट सँगको कुराकानीमा एस.पी. रेग्मीले भने ३ जनाले कराँते खेल्दै रहेका थिए । दुई वटा कोर्ट रहेको कभर्ड हलमा अर्को साईटमा खेल्न आग्रह गरेको हुँ । उहाँहरु अर्को साईटमा गएर खेल्नु पनि भएको हो त र, खेल कै क्रममा मैले खेलको भिडियो खिचेपछि , यस्लाई समाएर लैजा भनेर समाएको हुँ हातपात गरेको कुरा साँचो नभएको बताए ।

भिम गुरुले आफु अन्यायमा परें, हातपात भयो भनेर जिल्ला खेलकुद विकास समितिमा निवेदन दिएर पछि उनको निवेदनको बारेमा जिल्ला प्रशासनमा समेत जानकारी गराईएको कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठले बताए ।