
धादिङ असार ३१ । बालुवा झिक्ने क्रममा गल्छी गाउँपालिका वडा नम्वर २ का १६ वर्षिय तारा बहादुर लुगेँली मगरलाई असार २४ गते त्रिशुली नदीले बगाएपछि बेपत्ता छन् ।
त्रिशुलीमा वेपत्ता मजदुरको परिवारलाई स्थानिय सरकार, ठेकेदार र काममा लगाउने घरधनी सँग उचित क्षेतिपुर्तिको माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारीलाइ स्थानीयले ज्ञापन पत्र बुझाएका छन् ।
घरमा बसेका ताराबहादुरलाइ नदीबाट बालुवा झिकेर विक्रि गर्नका लागि गल्छी गाउँपालिकाका डिलबहादुर भण्डारीले असार १९ गते टेलिफोन गरेर काममा बोलाएका थिए । बालुवा झिकेर विक्री गर्दा धेरै फाइदा पुग्छ भन्ने लोभ देखाई नदीमा बाढी आएको अवस्थामा उनलाई काममा लगाएको स्थानीयले बताएका छन ।
ज्ञापन पत्र वुझदै प्रमुख जिल्ला अधिकारी तामाङले सर्व पक्षिय छलफलबाट पिडितलाइ क्षेतिपुर्ति उवलव्ध गराउने बताएका थिए ।