
धादिङ असार ३० । नेपाल भुतपूर्व सैनिक संघ जिल्ला कार्य समिति धादिङले जिल्ला प्रशासन कार्यलय धादिङ माफर्त गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
सरकारले असार १७ गते गरेको निर्णयः नेपाली नागरिकले विदेश सरकारबाट निवृत्तिभरण लिएको छ भने उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान नगर्ने भएकोले त्यसको विरुद्ध संघले सोमबार ज्ञापन पत्र बुझाएको अध्यक्ष डिलबहादुर गुरुङले बताए ।
सरकारबाट नियमित निवृत्तिभरण सुविधा लिदै आएको र उक्त सामाजिक सुरक्षा भत्ता प्रदान नगर्ने निर्णयलाइ कार्यन्वयन गर्न सबै स्थानिय तहलाई निर्देशन दिई सेकोको बेलामा देशभरका भुतपूर्व सैनिकहरु आन्दोलित भएका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल गर्न पनि अनुरोध गरेको छ । मागलाई सम्बोधन नभएमा देश भरीका पुवै सैनिक समुदाय सडकमा उत्रिन बाभ्य हुने छौं ।
