दामगाडेबाट सालको काठ सहित दुई जना पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, असार १४, २०७७

धादिङ असा १४ । अबैध रुपमा धादिङबेसी ल्याउँदै गरेको सालको काठ सहित दुई जनालाई प्रहरीले नीलकण्ठ १२ दामगाडेबाट पक्राउ गरेको छ ।

बा.३ ख. ८७०३ नम्बरको स्वराज मिनी ट्रकमा राखेर धादिङबेसी ल्याउँदै गरेको सालको काठ सहित दुई जनालाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ जनाएको हो ।

अबैध साल जातको ३७।८४ क्यु फिट काठ सानो ठुलो गरी २५ (पच्चीस) वटा गुडीया सहित पक्राउ पर्नेमा गाडी चालक निलकण्ठ नगरपालिका वडा नं।१२ आपस्वाँरा बस्ने बर्ष २९ को टिकाराम श्रेष्ठ र गाडीमा सवार ३१ वर्षिय राजु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गाडी, काठ सहित उनीहरुलाई प्रहरीले कार्वाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको छ । तस्वीर स्रोतः जिल्ला प्रहरी कार्यालय धादिङ