औषधि ब्यावसायी संघ धादिङद्वारा खाद्यान्न सामग्री वितरण

Avatar photo
Dhadingpost
असार ११, २०७७

धादिङ असार ११ । औषधि ब्यावसायी संघ धादिङले निलकण्ठ नगरपालिकाका वडा न ४ मा रहेको आमाको माया छात्रावास र गजुरी गाउँपालिका वडा नं. २ मलेखु स्थित भद्रकाली सेवा समाज द्वारा संचालित बृद्धआश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

४७ औं औषधि ब्यावसायी संघको स्थापना दिवसको अवसरमा यी दुई स्थानमा खाद्यान्न सहयोग गरिएको सचिव राजु लोप्पाले धादिङपोष्टलाई बताए ।

खाद्यान्न सामग्री वितरण कार्यक्रममा औषधि ब्यावसायी संघ धादिङका पदाधिकारी तथा सदस्यहरुको सभागिता रहेको थियो ।