बागमती प्रदेशले ल्याएको बजेट समय सान्दर्भीक भएन -राजेन्द्र पाण्डे

Avatar photo
Dhadingpost
मङ्लबार, असार २, २०७७
This image has an empty alt attribute; its file name is rajendra-pande.jpg


धादिङ असार २ । धादिङबाट निर्वाचित बागमती प्रदेशका सांसद राजेन्द्र प्रसाद पाण्डेले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि प्रदेश सरकारले ल्याएको बजेट समय सान्दर्भीक हुन नसकेको बताएका छन् ।

कोभिड -१९ ले आक्रान्त भएका जनताका तत्कालका समस्याहरु समाधान तर्फ बजेट केन्द्रित हुन नसकेको र बजेटले बहुबर्षीय योजनालाई मात्र प्राथमिकतामा राखेको बताएका थिए ।

सोमबार प्रस्तुत बजेट सम्बन्धी छलफल कार्यक्रममा सरकारले विगतमा उल्लेख गरिएका र भनिएका कुराहरु के–कति लागू भए वा भएनन् भन्ने तर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।

सोमबार प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।

उक्त बजेट मध्ये चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार र पूँजीगत खर्चतर्फ रु २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजित गरिएको छ । अर्थात चालुतर्फ ५१.१२ प्रतिशत र पुँजीगत तर्फ ४८.४४ प्रतिशत रकम विनियोजन गरिएको छ ।

वजेटबारे प्रदेश संसदमा बोल्दै सांसद केशव स्थापीतले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि सार्वजनिक गरेको बजेट प्रभावकारी नभएको बताएका छन् ।

भौतिक पूर्वाधार विकासका क्षेत्रमा सरकारले बजेट ल्याएको भएपनि कुनै अध्ययन नगरी ल्याएको आरोप लगाए ।

उनले भीमफेदी – कुलेखानी सुरुङ मार्ग निर्माणको विषयमा पनि फरक मत राखेका छन् । कम लगानीमा सुरुङ नबनाई सडक बनाउन सक्ने अवस्था भएपनि प्रदेश सरकारको सुरुङ मार्गमा मात्रै ध्यान जानु कम्युनिष्टहरुको भ्वाङ परेको विचार भएको उनले बताए ।

धादिङ अस्पताललाई ५० शैयाको बनाउन बजेट विनियोजन

बागमती प्रदेशद्वारा खेलकुदलाई ७९ करोड विनियोजन

बागमती प्रदेशद्वारा २०७७/७८ का लागि बजेट सार्वजनिक