बागमती प्रदेशद्वारा खेलकुदलाई ७९ करोड विनियोजन

Avatar photo
Dhadingpost
मङ्लबार, असार २, २०७७

धादिङ असार २ । बागमती सरकारले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि खेलकुल विकासलाई ७९ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत बजेटमा उक्त रकम खेलकुलका लागि विनियोजन गरेका हुन् ।

प्रस्तु बजेटमा भनिएको छ, विकास, गतिशिलता र स्वास्थ्यका लागि खेलकुद भन्ने सोचका साथ खेलकुद पूर्वधारमा योजनाबद्ध दिगो विकासका लागि सञ्चालन भएका बहुवर्षीय तथा क्रमागत आयोजनाहरुको निरन्तरता एवं स्थानीय तहमा खेल मैदान निर्माण गर्ने काम र खेलाडीहरुको क्षमता विकास, स्थानीय खेल प्रवद्र्धन, प्रदेशस्तरीय खेलकुख प्रतियोगिता एवं राष्ट्रिय प्रतियोगितामा सहभागिताको उक्त रकम खर्च गरिने छ ।