
धादिङ जेष्ठ ३२ । विपद व्यवस्थापन समिति धादिङ (CMC) को बैठकले जिल्लामा कोरोना भाईरस संक्रमितहरुको संख्या बढ्दै गएपछि रोकथामका लागि विभिन्न ७ निर्णयहरु गरेको छ ।
धादिङका ९ वटा स्थानीय तहमा संक्रमितहरु देखा परे सँगै रोकथामका लागि आईतबार धादिङबेसीमा बसेको CMC को बैठकले ७ वटा विर्णयहरु गरेको हो ।
हरेक स्थानीय तहलाई संक्रमितको मृत्यु भएको अवस्थामा गाड्नको लागि ठाउँ तयार गर्न, एलर्ट राखिएको एम्बुलेन्सको हाल काममा नआएपछि पुन रेडक्रसलाई नै फिर्ता गर्ने देखि संक्रमित देखिएका स्थानमा आवत जावत गर्ने सम्मका निर्णहरु छन् ।
निर्णयहरु जस्ताको तस्तैः
निर्णय नं.१
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै जाने क्रममा धादिङ निलकण्ठ नगरपालिकाको वडा नं. १,५,७ र १४ का भारतबाट आएका थप २४ जना व्यक्तिहरुको RTPCR परिक्षण गर्दा पोजेटिभ देखिएकोले संक्रमित व्यक्तिहरु रहेका गाउँ/टोल/बस्ती हरुमा आवतजावतमा नियन्त्रण गर्न उक्त वडाका संक्रमित सहेका गाउँ/टोल /बस्ती क्षेत्रलाई सिल गर्ने निर्णय गरियो ।
निर्णय नं. २
निलकण्ठ नगरपालिकामा भारतबाट आएका २३ जना व्यक्तिहरुकव मिति २०७७/२/३१ मा RTPCR पोजेटिभ आएको हुँदा संक्रमित व्यक्तिहरुलाई सघन सहरी विकास कार्यालय/ निलकण्ठ मा.वि.मा राख्ने ।
निर्णय नं. ३
संक्रमित व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा आएका वयक्तिहरुको कन्ट्याक ट्रेशिङ बाट आवश्यक देखिएका व्यक्तिहरुको RTPCR गर्ने ।
निर्णय नं. ४
शव व्यवस्थापन सम्बन्धमा संक्रमित व्यक्तिको मृत्यु भएमा निर्देशिका बमोजिम शव गाड्नु पर्ने भएकोले प्रत्यक स्थानीय तहले उपयुक्त स्थान छनौट गरी जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई जानकारी उपलब्ध गराउने ।
निर्णय नं.५
संक्रमित व्यक्तिको डिस्चार्ज सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्दिष्ट TESTING GUIDELINE/ ISOLATION GUIDELINE अनुरुप गर्ने ।
निर्णय नं.६
टेष्टिङ कार्यालाई व्यवस्थित वनाउन RTPCR मेशिन प्रदेश सरकारसँग माग गर्ने ।
निर्णय नं.७
नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स स्टेन्ड वाइ राख्न पुर्व निर्णय भए पनि हाल सम्म उक्त एम्बुलेन्स संचालन हुन नसकेको हुँदा उक्त एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीलाई फिर्ता गर्ने ।