नेपाली दुतावास युएईमा सिधा सम्पर्कको ब्यवस्था, नेपालीहरुमा धैर्य धारण गर्न आग्रह

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २२, २०७७

युएई, जेष्ठ २१ । अबुधावी स्थित नेपाली दुतावासले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रकृया छिट्टै सुरु हुने भन्दै धैर्य धारण गर्न आग्रह गरेको छ ।
एक विज्ञप्ती प्रकाशित गरि दुतावासले कोरोना भाइरसको कारण समस्यामा परि स्वदेश फर्काउनु अघि गरिने कोभिड १९ परिक्षण अनिवार्य गराउनु पर्ने भएकोले नेपाली राजदूतावासले युएई सरकारसँग समन्वय गरेर मिति, स्थान र समयका बारेमा जानकारी गराउने बताएको छ ।
अन्तराष्ट्रिय उडान सुरु नहुदा समस्यामा परेका नेपालीहरुलाई एनआरएनए युएई, नेपाली समाज लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा खाद्यान्न लगायत सहयोगका कार्यक्रमलाई दुतावासले निरन्तरता दिने बताउदै कठिन समयमा समेत नेपालीहरुले देखाएको धैर्यता र सुझबुझ प्रशसनीय रहेको दुतावासले जनाएको छ ।

राजदुतावासले युएई सरकारले मार्च १ पछि समाप्त भएको भीसाको म्याद डिसेम्बर २०२० सम्मका लागि स्वत: नवकिरण गर्ने स्पष्ट पारेको छ । यसैगरी मार्च १ अगाडी भीसा समाप्त भएकाहरुका लागि पनि जुन १ बाट लागु हुने गरि ३ महनिा भित्र स्वदेश फर्केमा सम्पूर्ण जरिवाना मिनाहा हुने उल्लेख छ ।

स्वदेश फर्कनको लागि राजदूतावासको वेभसाइट वा फेसबुकमा एकपटक फारम भरिसकेकाहरुको विवरण प्राप्त भइसकेको हुनाले पुनः फारम भर्न नपर्ने पनि दुतावासले स्पष्ट पारेको छ ।

युएईका बिभिन्न राज्यमा रहेका नेपालीहरुले दूतावासका प्रतिनिधीहरुला फोन गर्दा नउठ्ने गुनासो बढेपछी दुतावासले समस्याको वर्गीकरण गर सिधा सम्पर्कको ब्यबस्थापन समेत गरेको छ । जसमा गर्भवती महिला कोरोना बाहेकका बिरामी, आफन्त गुमाएकाहरु र बिदेयार्थी र इन्टर्नसीपहरुले रिता धितालको मोबाइल नम्बर +971508180280अथवा eonabudhabienqulry@gmail.com मार्फत सम्पर्क गर्न सक्नेछन् भने ब्यक्तिगत तथा कम्पनी र भिजिट भीसामा रहेका हरुले निर्मला थापा र मोतीराम भुसालको मोबाइल नम्बर 0545053250 अथवा 0525942411 मा सम्पर्क गरी आफ्नो समस्या राख्न सकिन्छ भने भीषा नवीकरणका लागी नारायण ज्ञावलीको मोबाइल नम्बर 0589095404 मा सम्पर्क गर्न सकिने दूतावास द्वारा जारी सुचनामा उल्लेख छ ।