धादिङ झार्लाङबाट हतियार सहित दुई जना पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ११, २०७७

धादिङ जेष्ठ ११ । धादिङको खनियावास गाउँपालिका १ झार्लाङबाट प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।

घरेलु हतियार खुकुरी सहित झार्लाङबाट पक्राउ पर्नेमा झार्लाङका झ्याप्ले भने चिनिने २७ वर्षिय राजु तामाङ र झार्लाङबाट नीलकण्ठ नगरपालिका वडा न ८ ससाह बसाई आएका ३३ वर्षिय हरिबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार पक्राउ परेका हरिबहादुर तामाङ केही वर्ष अगाडी दार्खा चौकीको हिरासतबाट प्रहरीको हत्कडी सहित भागेको फरार अभियुक्त समेत हुन् ।

यस अगाडि धादिङबाट मुस्ताङ पुगी लुटेर फर्कने क्रममा जोमसोममा लुटेर ल्याएका सामान र बन्दुक सहित पक्राउ परेका उनी ५ वर्षको सजाय पार गरि केहि समय अघि मात्र धादिङ आएका हुन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याई अनुसन्धान कार्य जारी राखिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

उनीहरु गाउँमा आए देखि शान्त सँग बस्न नपाउने साँझ विहान हिड्न पनि डर मान्नु पर्ने अवस्था थियो, पक्राउ परे राम्रो भयो एक स्थानीयले धादिङपोष्टलाई बताए ।