
लिस्बन बैशाख २० । धादिङ नीलकण्ठ नगरपालिका १ काउलेका प्रेेेम तामाङकाे पाेर्चुगलकाे फाराेमा आगलागीमा परि मृत्यु भएकाे छ ।
के कारणले उनी आगलागीमा परे भन्ने आधिकारिक जानकारी नआए पनि उनकाे शरीरको केही भाग जलेको उपचारका लागि अस्पताल लागिएको थियो । अस्पताल श्रोतका अनुसार उनको टाउकोमा चोट लागेको र शरीरको केही भाग जलेको छ ।
अस्पताल लगिएका उनलाई उपचार शुरु गर्दागर्दै मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ। उनी फारोको बेलासले स्थित एक पोर्चुगिज कृषि कम्पनीमा काम गर्दै आएका थिए ।
उनी के कसरि बलिरहेको आगोमा परे र घटना भयो भन्ने बारे सरकारी अधिकारीहरुले अनुसन्धान गरिरेहका छन् ।
सन् २०१० यता मात्र पोर्चुगलमा ३४ जना नेपालीले अकालमा ज्यान गुमाइ सकेका छन् ।
