एजेन्सी फागुन २८ । होली मनाएर नुहाउने क्रममा भारतको ओडिशा राज्यमा १५ जनाको मृत्यू भएको छ ।
मङ्गलबार होली मनाएर नुहाउने क्रममा विभिन्न ठाउँमा भएका घटनामा १५ जनाको ज्यान गएको सुरक्षा अधिकारीले बताए ।
अघिल्ला वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको ज्यान जाने गरेकोले यस वर्ष स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो । प्रशासनको निगरानीकै बीच नुहाउन गएकाहरुको ज्यान गएको हो ।
कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले यो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
