धादिङबेसीबाट भैरवी मन्दिर सम्म दौड प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
फाल्गुन १८, २०७६

धादिङ माघ १७ । धादिङबेसी खुल्लामञ्च टुडिखेल देखि धादिङको पुरानो सदरमुकाम रहेको स्थान (सुनौलाबजार) मा रहेको भैरवी मन्दिर सम्म फागुन २३ गते दौड प्रतियोगिता हुने भएको छ ।

भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिकोको आयोजनामा हुने उक्त १० किलो मिटरको क्वार्टर म्याराथुन प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः नगद रु. २५ हजार, १५ हजार, १० हजार, ५ हजारका र मेडल, प्रमाणपत्रद्धारा पुरस्कृत गरिने बताईएको छ ।

१३ करोडको डिपिआरमा निमार्ण कार्य अगाडी बढेको उक्त भैरवी मन्दिरको भवन शिलान्यास कार्यक्रमको अवसरमा क्वार्टर म्याराथुन प्रतियोगितामा आयोजना गर्न लागिएको कृष्णकुमार श्रेष्ठले बताए ।

भवन शिलान्यास गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कडेंल आउने कार्यक्रम रहेको छ ।