धादिङ महोत्सवः फागुन ६ गते आउने कलाकारहरु

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ५, २०७६

धादिङ फागुन ५ । धादिङबेसी सदरमुकाम स्थित खुल्लामञ्च टुडिखेलका शुक्रबार देखि सातौं धादिङ महोत्सव जारी रहेको छ ।

धादिङ उद्योग वाणिज्य संघले, पहिलो धादिङ महोत्सवको झल्को दिने गरि सुरुगरेको महोत्सवको पाँचौं दिन (फागुन ६ गते) स्टेज कार्यक्रमका लागि ७ जना राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरु आउने आयोजकले जनाएको छ ।

जन गायक जीवन शर्मा, रामजी खाँड, सम्झना भण्डारी, हास्य कलाकार दिनेश काफ्ले, भिमसेन खतिवडा, उमा श्रेष्ठ र राजन परियार फागुन ६ गते धादिङ माहोत्सवको स्टेज कार्यक्रमका लागि आउने भएका हुन् ।

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव अवलोकनमा उत्साहजनक सहभागिता हुँदै आएको प्रचार प्रचार समितिका संयोजक राजेश अधिकारीले धादिङपोष्टलाई बताए ।