धादिङ फागुन १ । सत्तासिन दल नेकपाले जनयुद्ध तथा जनआन्दाेलनका सहिद स्मृति दिवस मनाउन देशभर आव्हान गरेकाे थियाे ।
यहि अनुरुप विभिन्न जिल्लाहरुमा दिवस मनाईए पनि धादिङमा जिल्ला स्तरीय कार्यक्रम हुन सकेन । तर धादिङका विभिन्न ठाउँहरुमा पालिका स्तरिय रुपमा भने बिहीबार याे जनयुद्ध दिवस मनाईएकाे छ ।
धुनिबेसी नगरपालिकामा
धुनिबेसी नगरपालिका स्थित धार्केमा रहेको जनयुद्धका सहिद बैकुण्ठ रेग्मी शालिकमा माल्यर्पण गरि जनयुद्ध तथा जनआन्दोलनका सहिदहरुकाे सम्झनामा सहिद स्मृति दिवस मनाईएकाे थियाे । नेकपा धुनीबेसीले आयाेजना गरेकाे यस कार्यक्रमलाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले सम्बाेधन गरेका थिए ।
थाँक्रे गाउँपालिका
नेकपा थाँक्रे गाउँपालिकाले पनि महादेववेसिमा रहेको सहिद राज कुमार बास्कोटाको सालिकमा माल्यार्पण तथा सहिद परिवार भेटघट गरि जनयुद्ध तथा जन आन्दोलनका सहिदहरुको सम्झना गरि जनयुद्ध दिवस मानाएकाे छ । यश कार्यक्रमलाई पनि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले सम्बाेधन गरेका थिए ।
गजुरी गाउँपालिका
नेकपा जगुरी गाउँपालिकाले पनि गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरि जनयुद्ध तथा जन आन्दोलनका सहिदहरुको सम्झना गरि सहिद स्मृति दिवस मानाएकाे छ यश कार्यक्रमलाई पनि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले सम्बाेधन गरेका थिए ।
सिद्धलेक गाउँपालिका
जनयुद्धमा धादिङका पहिलाे सहिदका रुपमा ईतिहासकाे पानामा दर्ज भएका नारायण प्रसाद उपाध्याय लगायतका सहिदहरुकाे सम्झना गर्दै सहिद स्मृति दिवस मनाईएकाे छ ।
सिद्धलेक गाउँ पाटी कमिटिको आयोजनामा भएको सहिद स्मृति सभामा किसान महासंघ नेपालका केन्द्रीय सदस्य तथा नेकपा जिल्ला कमिटी सदस्य कृष्ण अर्यालले सहिद हुँदै गर्दा अन्तिम पटक स्वास फेर्दै गर्दा गरेको संकल्प बिर्सनु नहुने कुरा व्यक्त गरेका थिए । सिद्धलेकका अध्यक्ष खुन राज थापाले भौतिकवाद र द्वन्द्ववादले मात्र समाज परिवर्तन गर्न नसकेर द्वन्द्वात्मक भौतिकवादको प्रतिबादन भएको बताएका थिए । नेकपा धादिङ जिल्लाका सदस्य राजन खतिवडाले जनताको आवस्यकताले जनयुद्ध निम्त्याएको हुदा जनयुद्धको मर्म भावनाअनुरूप काम गर्न नसक्ने जुनसुकै नेता भए पनि कारवाही गर्न हामी जनता जहिले पनि तयार हुनु पर्ने बताए । कार्यक्रममा धादिङको प्रथम सहिद नारायण प्रसाद उपाध्यायको आमा चन्द्रदेबी उपाध्याय, सहिद हरि तिमिल्सिनाको धर्मपत्नी बिश्नु कुमारी तिमिल्सिना, सहिद विशाल सिलवाल कृष्ण का भाइ बासु सिलवाललाई दोसल्ला ओडाएर सम्म्मन गरिएको थियो ।
नीलकण्ठ नगरपालिका
नेकपा नीलकण्ठ नगर कमिटीले बृहत खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गरि जनयुद्ध तथा जन आन्दोलनका सहिदहरुको सम्झना गरि सहिद स्मृति दिवस मनाएकाे छ ।
रक्तदान कार्यक्रममा ३२ जना पुरुष र १२ जना महिला गरी ४४ जनाले रक्तदान गरेका थिए । धादिङवेसीस्थित नेकपा पार्टी कार्यालय मदन आश्रित भवनमा बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म भएको बृहत खुल्ला रक्तदान कार्यक्रम स्वयंसेवी रक्तदाता, पार्टी कार्यकर्ताहरुले रक्तदान गरेका थिए ।
गाेगनपानीमा विप्लव नेतृत्वकाे नेकपाले मनायाे दिवस
विप्लव नेतृत्वकाे नेकपाले गाेगनपानीकाे पैरेमा जनयुद्ध दिवस मनाएकाे छ । नेता अम्रित क्षेत्रिकाे सभापति प्रवेषकाे अाथित्य र हमालीकाे संचालन रहेकाे कार्यक्रममा बिक्रम बिसिकाे स्वागत मन्तब्य राखेका थिए । प्र मुख अतिथि प्रवेसले धादिङमा दलाल भ्रष्ट माफिया घुसखाेर सिअाईडि विरुद्ध कडा संघर्ष थालिने उद्घाेष गरेका थिए ।