अबुधावीमा कामदार बोकेको बस दुर्घटना, ३ नेपालीको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, माघ ४, २०७६

अबुधावी, माघ ४ । युएईको राजधानी अबुधावीमा गत बिहिबार स्थानीय समय बिहान ५ः३० बजे कामदार बोकेको मिनिबस गुडिरहेको लरीमा ठोकिएर दुर्घटना हुदा तीन जना नेपाली कामदार सहित ६ जनाको मृत्यु भएको छ ।

मोर्डन बिल्डिङ मेन्टेनेन्स कम्पनीमा कार्यरत चालक सहित २५ जना कामदार रहेको मिनिबसमा १७ जना नेपाली महिला कामदारहरु रहेका थिए । जसमा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र बाराकी अमिसा मोक्तान तामाङ रहेको नेपाली दुतावास अबुधावीले पुष्टी गरेको छ ।

उक्त दुर्घटनामा परी घाईते भएका १४ जना नेपाली कामदारहरुको स्थानीय मफरक हस्पिटल, एनएमसी रोयल हस्पिटल र अर राहा हस्पिटलमा उपचार भईरहेको छ । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा र सुजलाको नेपाल रहेको छ।

घटना लगत्तै नेपाली दुतावास अवुधावीका राजदुत कृष्णप्रसाद ढकाल लगायत दुतावासका अधिकारीहरुले तीनवटै अस्पतालमा उपचार गराइरहेका घाइतेहरुसँग भेट गरि अस्पताल प्रसाशन र उपचारमा सँलग्न चिकित्सकहरुसँग उनीहरुको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

दुर्घटनामा मृत्यु भएका नेपाली कामदारहरुको आवश्यक प्रक्रिया पुरा गरि शब शीघ्र नेपाल पठाउनको लागि स्थानीय प्रशासन, रोजगारदाता कम्पनी र अस्पतालसँग समन्वय भईरहेको दुतावासले जनाएको छ ।