झरीको कारण बेनिघाट रोराङको खेलकुद उत्सव प्रभावित

Avatar photo
दिपेश कडेल
शुक्रबार, माघ ३, २०७६

धादिङ माघ ३ । धादिङको बेनिघाट रोराङले सुरु गरेको साता व्यापी बृहत खेलकुद प्रतियोगिता विहिबार देखि परेको अविरल वषादका कारण प्रभावित बन्न पुगेको छ ।

पहिलो चरण अन्तरगते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहिबारको झरीको वावजुत पनि सम्पन्न भएको थियो भने आज देखि हुने भनिएको हर्षबहादुर स्मृति कप टी २० क्रिकेट प्रतियोगिता भने रोकिन पुगेको क्रिकेट खेल संयोजक दिपेश कडेलले धादिङपोष्टलाई बताए ।

बेनिघाट रोराङको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो (नतिजा सहित)

बेनिघाट रोराङमा बृहत खेलकुद प्रतियोगिता उद्घाटन

सागमा सहभागि खेलाडीलाई बेनिघाट रोराङमा सम्मान

बेनिघाट रोराङ नेपालकै भाग्मानि गाउँपालिका हो -प्रमुख डल्लाकोटी

बेनिघाट रोराङमा क्रिकेट रंगशाला यसै वर्षबाट सुरु हुन्छ -सांसद त्रिपाठी

धादिङ जिल्लाको इतिहास मै पहिलो पटक हुन लागेको गाउँपालिका भित्रका विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा ११ विद्यालय मध्य, ब्राईट फ्युचर स्कुल मलेखु, बागेश्वरी मावि रिचोकटार, चन्द्रोदय मावि विशालटार, राइजिङ् स्टार चरौंदी, चन्द्रोदय मावि बेनिघाट, शंखादेवि मावि मझिमटार गरी ६ वटा स्कुलले भाग लिन टिम दर्ता गराएका छन् ।

कक्षा १२ सम्मका विद्यार्थीले भाग लिएको यस प्रतियोगिमा राष्ट्रपति रनिङ शिल्डमा उमेर हदबन्दी कायम गरिएको छैन । खेल मैदान हिलाम्य भएको छ, आजको खेल स्थगित गर्दै शनिबारबाट खेल सुरुगरिने संयोजक कडेलले बताए ।

खेल तालिका अनुसार माघ ३ र ४ गते हर्षबहादुर स्मृति कप अन्तरगत क्रिकेट प्रतियोगिता हुने भनिएपनि झरीका कारण क्रिकेट माघ ४ गतेबाट हुन भएको हो । भदन भण्डारी कप अन्तरगत फुटबल प्रतियोगिता माघ ६ र ७ गते छ ।