नेकपा धादिङको एक्सन, जितेन्द्र चेपाङको ठाउँमा राजेन्द्र विक्रम बस्नेत

Avatar photo
नारायण सिलवाल
शुक्रबार, पुस ४, २०७६

धादिङ पुस ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको बिहिबार सम्पन्न बैठकले जिल्ला कमिटी सदस्य जितेन्द्र चेपाङलाई पद मुक्त गरेको छ ।

यस्तै अर्का जिल्ला कमिटी सदस्य रामहरी अधिकारीलाई यस अघि बसेको जिल्ला कमिटीको बैठकले दिएको त्रिपुरा सुन्दरी गाउँपालिकाको अध्यक्षको जिम्मेवारीबाट हटाउँदै उक्त जिम्मेवारी बाबुकृष्ण श्रेष्ठलाई दिईएको छ ।

जितेन्द्र चेपाङ एक औपचारिक कार्यक्रमका बीच नेपाली काँग्रेसमा प्रवेस गरे पछि उनलाई हटाउँदै पूर्व एमालेबाट गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम वस्नेतलाई जिल्ला कमिटी सदस्यमा लगिएको हो ।

बैठकले जिल्ला कमिटीमा लैजान छुटेका कार्यकर्तालाई सम्बोधन गर्ने गरि अहिलेको जिल्ला कमिटीको संख्याको १० प्रतिशद जिल्ला कमिटी सदस्य थप्ने गृहकार्य समेत गरेको बताईएको छ ।