सागकाे अन्तिम दिन: ५ खेल हुँदै धादिङका २ खेलाडी स्वर्णका लागि भिड्दै

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २४, २०७६

काठमाडौं मंसिर २४ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन आज मंगलबार विभिन्न ५ खेल हुँदैछ जसमा धादिङका दुई खेलाडी समेत स्वर्ण पदककाे लागि भिड्दै ।

आज सागकाे अन्तिम खेलहरु बास्केटबल, बक्सिङ, फुटबल, जुडो र स्क्वासका सबै प्रतिस्पर्धा काठमाडौं उपत्यकामा हुनेछ ।

बक्सिङ

साग अन्तर्गत बक्सिङमा आज ८ स्वर्णका लागि प्रतिस्पर्धा हुदैछ । प्रतिस्पर्धा अपरान्ह १ः०० बजेदेखि, अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोको कराते हलमा हुनेछ । जसमा नेपाललाई स्वर्ण जिताउन धादिङका आशिस दुवाडी र गणेश प्रधान समेत फाईनल खेल्दै छन् ।

बास्केटबल

बास्केटबलको पुरुषतर्फको फाइनलमा भारत र श्रीलंकाबीच अपरान्ह १ः०० बजे तथा महिलातर्फ नेपाल र भारतबीचको फाइनल अपरान्ह ३ः३० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ ।

फुटबल

नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ः०० बजेपछि दशरथ रंगशाला, त्रिपुरेश्वरमा शुरु हुनेछ । त्यसअघि दिनको ११ः५५ बजे सांसद् ११ र राष्ट्र सेवक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल हुनेछ ।

जुडो
साग अन्तरगत जुडोमा मंगलबार १ स्वर्णको लागि प्रतिस्पर्धा हुदैछ । खेल बिहान ९ः०० बजेदेखि सुरु हुनेछ । फाइनल १२ः३५ देखि आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुनेछ ।

स्क्वास

स्क्वासमा मंगलबार महिला टिम र पुरुष टिममा स्वर्णका लागि सातदोबाटोस्थित स्क्वास हलमा हुनेछ ।
महिला र पुरुष टिम इभेन्टसमा स्वर्णका लागि पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्पm कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ ।