साग अपडेटः अहिले सम्म नेपाललाई नेपाल १५ स्वर्ण पदक (विजेताको नामसहित)

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १७, २०७६

धादिङ मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरुभए सँगै नेपालले १५ स्वर्ण पदक जितिसकेको छ ।

नेपालले कराँतेतर्फ सातवटा, तेक्‍वान्दोमा पाँचवटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक जित्न सफल भएको हो । यो जितसँगै नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

स्वर्ण पदक विजेताहरु

१ कराँते (एकल काता)- मण्डेकाजी श्रेष्ठ
२ कराँते (टिम काता, महिला)
३ कराँते (टिम काता, पुरुष)
४ कराँते (५५ केजी)- लक्ष्मण तामाङ
५ तेक्‍वान्दो पुम्से (२३(२९ वर्ष)- कमल श्रेष्ठ
६ तेक्‍वान्दो पुम्से (१७-२३ वर्ष) सिना मादेन लिम्बु
७ तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष) पार्वती गुरुङ
८ तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि) आयशा शाक्य
९ ट्रायथलोन- सोनी गुरुङ
१० तेक्‍वान्दो- पार्वती गुरुङ
११ कराँते- विप्लव श्रेष्ठ
१२ कराँते- अनु अधिकारी
१३ कराँते- कुसुम खड्का
१४ तेक्‍वान्दो पुम्से- आयशा शाक्य र सञ्जीवकुमार ओझा
१५ तेक्‍वान्दो (२३ वर्षमाथिको टिम इभेन्ट)