धादिङ ससाहकी ११ वर्षिय सपनाको गित बजारमा

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १५, २०७६


सन्दिप स्याम्चेन
धादिङ मंसिर १५ ।
धादिङ ससाह कि नव प्रतिभावान् ११ वर्षिय सपना तामाङले तामाङ गाउको वर्णन गर्दै नम्स छुपला म्हेन्दोमाया गित बजारमा ल्याएकी छिन् ।

मान्छे सानै तर नाच्न गाउन अनि हस्याकलाकारहरुको कपि गर्न सक्ने सपना तामाङ उत्तरी धादिङको खनियाबास-१ झार्लाङमा जन्मिएकी हुन् ।

भुकम्प पछि बसाइ सरेर ससाह बस्दै आएकी सपनाले आफ्नै गाउँको वर्णण गर्दै म्हेन्दोमाया गित बजारमा ल्याएकी हुन् ।

कक्षा ५ मा देउराली माध्यामिक विद्यालय ससाहमा अध्यन गर्दै आइरहेकी सपना गित संगीत आफ्नो रुचि भएको बताउँछिन् ।