महाेत्सवकाे तयारी पूरा कृषि पर्यटनलाई जाेड -अधिकारी

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १२, २०७६

धादिङ मंसिर १२ । धादिङबेसीमा मंसिर १३ गते नेपाली काँग्रेसका नेता गगन थापाले उद्घघाटन गरे सँगै सुरुहुने कृषि पर्यटन महोत्सव तथा व्यापार मेलाकाे अन्तिम तयारी सकिएकाे आयाेजक समितिका संयाेजक कल्पना अधिकारीले बताएकी छिन् ।

विभिन्न अफ्ठ्याराे आराेह अवराेहका बीच महाेत्सव गर्ने जिम्मेेवारी शिखरिणी सहकारिले लिएकाे भए पनि महाेत्सवकाे मुख्य आकर्षण कृषि पर्यटन नै हुने संयाेजक कल्पना अधिकारीले धादिङपाेष्टलाई बताईन् ।

हाेटल संघले गर्ने गरि प्रचार भएकाे यश महाेत्सव हाेटल संघका विरुद्ध हाेटल व्यवसायीले नै जिल्ला प्रशासनमा उजुरी गरेपछि महाेत्सव हाेटल संघले नगरी शिखरिणी सहकारीले गर्ने भएकाे हाे ।

तथापी शिखरिणी सहकारीलाई समेत धादिङ उद्योग वाणिाज्य संघले सहकारीकाे उद्धेश्य भन्दा बाहेेक रमाईलाे मेला बालउद्ध्यन, व्यापारिक मेला गर्न राेक लगाउनु पर्ने उजुरी गरेकाे छ ।

तर रमाईलाे मेला र बाल उद्धन आन्तरीक तथा वाह्य पर्यटकका लागि चटनी हुने हुँँदा उद्धेश्य अनुरुप नै महाेत्सवमा राखिएकाे दावी धादिङपाेष्ट सँँग गरिन ।

स्रोतका अनुसार उद्योग वाणिज्य संघले दिएकाे उजुरीका विषयमा हिजै प्रमुख जिल्ला अधिकारीले छलफल चलाउने वा महाेत्सव आयाेजकलाई पत्र लख्ने तयारी गरेका थिए तर बुढीगण्डकीकाे वैठक तयारीका कारण राेकिएकाे थियाे ।

उद्योग वाणिाज्य संघकाे उजुरी यस्ताे छ

शखरिणी सहकारीले महाेत्सव संचालन गर्न नीलकण्ठ नगरपालिकामा पेस गरेकाे निवेदनकाे साथमा समावेस भएकाे उद्धेश्य