धादिङको त्रिपुरासुन्दरी जात्रामा पर्यटन मन्त्री आउने

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ६, २०७६

धादिङ मंसिर ६ । आन्तरिक तथा वाह्य पर्यटनको सम्भाव्यता बोकेको धादिङको ऐतिहासिक त्रिपुरासुन्दरी माईथान जात्रा अवलोकनको लागि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आउने भएका छन् ।

धादिङको त्रिपुरासुन्दरी जात्रा अनौठो जात्रा हो । यो जात्रा तीन दिनसम्म चल्छ हजारौ भक्तजनहरु जात्रामा सहभागि हुन्छन् तर एउटै महत्वपूर्ण कुरो देविको प्रतिक मुर्ति कसैले पनि हेर्न पाउदैनन् ।

मंसिर १२ र १३ गते दुई दिन हुने उक्त माईथान जात्रामा हजारौं भक्तजनहरुको सहभागि हुने गर्दछ । मन्त्री भट्टराईले मंसिर १३ गते जात्रा विशेष साँकृतिक कार्यक्रममा सहभाभागि हुने छन् भने मंसिर १० गते देखि जात्रा स्थलमा हुने खुल्ला फुटबल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रममा समेत सहभागि हुने बताईएको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।
प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ ।

यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ वटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याइन्छ ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट,चितवन, काठमाडौ लगायतका मानिसहरु पनि आउने गर्दछन् ।