भारतको विरुद्ध बेल्जियममा विरोध प्रर्दशन

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ३, २०७६

बेल्जियम मंसिर ३ । बेल्जियममा रहेका ग़ैर आवासीय नेपालीहरुले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भुमी समेत राखेको भन्दै भारत विरुद्ध प्रदर्शन गरेका छन् ।

बेल्जियममा रहेको भारतिय दुताबास परिसरमा जम्मा भएका ग़ैर आवासीय नेपालीहरुले नेपाली भुमी मिच्न पाईँदैन भन्दै विरोग गरेका थिए । विरोध सँगै एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदले भारतिय दुताबासलाई ज्ञापन पत्र समेत बुझाएको एनआरएनएका सह कोषाध्यक्ष लोक प्रसाद दाहालले धादिङपोष्टलाई बताए ।
तस्वीरः जित लामा