बेनी शिक्षा सदनमा खेलकुद सप्ताह सुरु

Avatar photo
Dhadingpost
अशोज २९, २०७६

धादिङ असाेज २९ । धादिङ जिल्लामा रहेका प्राय सबै निजि विद्यालयहरुले दशैं देखि तिहार सम्मकाे लागि विदा दिएका छन् ।

तर बेनिघाट राेराङ गाउँपालिका स्थित बेनिघाट राेराङमा रहेकाे श्री बेनी शिक्षा सदन प्रा. लि. ले भने विद्यालयमा खेलकुद सप्ताह मनाई रहेकाे छ ।

दशैंं विदा पछि विद्यालय संचालन गर्दै विद्यार्थीकाे उमेर अनुसार खेल शिक्षालाई जाेड दिदै खेलकुद सप्ताह सुरु गरिएकाे शिक्षक दिपेश कंडेलले बताए ।

खेलकुद सप्ताहमा कबड्डी, टेवल टेनिस्, ब्रेक लक, क्रीकेट, फुटबल, दाैड, लगायतका खेलहरु हुने समेत शिक्षक कडेलले बताए ।