धादिङ असार १५ । धादिङबेसीमा एक साता अघि देखि जारी आठौं एन्फा लिगको फाईनलमा धादिङबेसी स्थित धादिङ समाज धादिङ र मलेखु स्थित भद्रकाली सामुदायीक विकास बीच हुने भएको छ ।
आईतबार भएको पहिलो सेमिफाईनल खेलमा भद्रकाली सामुदायीक विकास समाजले न्यू स्टार क्लव थाँक्रेलाई १ का विरुद्ध ३ गोल गर्दै फाईनलको यात्रा तय गरेको थियो ।
यस्तै सेमिफाईलनको दोस्रो खेलमा गोपी कृष्ण भण्डारीको कप्तानीमा रहेको धादिङ समाज धादिङले धादिङबेसी सितलबजारको व्याइज यूनाइटेड क्लव लाई २-० को गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेस गरेको हो ।
तारा मगरको कप्तानीमा रहेको भद्रकाली सामुदायीक विकास समाजलाई फाईलन पुर्याउन जर्सी नम्बर ११ का गोविन्द गुरुङ, जर्सी नम्बर १३ का अजय सिलवाल र जर्सी नम्बर ७ का किरण तामाङले १-१ गोल गरेका थिए । भद्रकालीको विरुद्ध मैदानमा रहेको न्यू स्टार क्लवका सन्दिप अर्याले मात्र १ गोल गरेका थिए ।
यस्तै धादिङ समाज धादिङलाई फाईनल यात्राका लागि जर्सी नम्बर ७ का रवि भण्डारीले १ गोल र १ व्याइज यूनाइटेड क्लवका खेलाडीले अन्तरघाती गोल गरेका थिए ।
जिल्ला फुटबल संघ धादिङले आयोजनामा गरेको यस आठौं एन्फा प्रतियोगितामा विजेताले ५० हजार नगद र उप विजेताले ३० हजार पाउने आयोजक संस्थाका महासचिव रामहरि थापाले बताए ।
जिल्ला च्याम्पियनहरु प्रदेश लिगका लागि छनौट हुने छन् । भने प्रदेश लिग च्याम्पियनहरुले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् । यो साउनमा हुनेछ । भदौमा खेलाडी दर्ता सुरु हुनेछ । त्यसपछि सी, बी हुँदै ए डिभिजन लिग हुनेछ ।
यस अघिका समाचारहरु
धादिङ एन्फा लिग जारी यी टिम पुगे सेमि फाईनल (खेल अपडेट)
आठौं एन्फा लिग (खेल अपडेट)
धादिङबेसीमा जारी एन्फा लिग खेल अपडेट
धादिङबेसीमा आठाैं एन्फा लिग जारी
धादिङबेसीमा आठौं एन्फा लिग सुरु, १४ टिमको सहभागिता
धादिङबेसीमा आठौं एन्फा लिग हुँदै (खेल टाईसिट समेत)