धादिङ एन्फा लिग जारी यी टिम पुगे सेमि फाईनल (खेल अपडेट)

Avatar photo
Dhadingpost
शनिबार, असार १४, २०७६

धादिङ असार १४ । धादिङबेसीमा एक साता देखि जारी आठौं एन्फा लिग प्रतियोगिताको क्वाटर फाईनलका सबै खेलहरु सकिएका छन् ।

क्वाटर फाईनलका सबै खेल सकिए सँगै धादिङबेसी स्थित धादिङ समाज धादिङ, व्याइज यूनाइटेड क्लव धादिङबेसी, भद्रकाली सामुदायीक विकास समाज, न्यू स्टार क्लव सेमिफाईनल पुगेको आयोजक संस्थाका महासचिव रामहरि थापाले बताए ।

आईतबार हुने सेमिफाईनलमा धादिङबेसी स्थित धादिङ समाज धादिङ र व्याइज यूनाइटेड क्लव धादिङबेसी बीच हुने छ भने, अर्को सेमिफाईनल खेल भद्रकाली सामुदायीक विकास समाज र न्यू स्टार क्लव बीच हुनेछ ।

सेमि फाईनलको यात्रा सुनिस्चित गर्न शनिबार भएको खेलमा व्याइज यूनाइटेड क्लव धादिङबेसीले गलौदी यूवा क्लवलाई २-० ले पराजित गरेको थियो । यस्तै धादिङ समाज धादिङले उपकार संघ धुवाँकोटलाई १-० ले पराजित गर्यो । न्यू स्टार क्लव थाँक्रेले गजूरी सामुदायीक विकास समाज २-० ले हराएको थियो भने भद्रकाली सामुदायीक विकास समाजले भद्रकाली स्पोट क्लव मलेखुलाई १-० शुन्यले पराजित गरेको थियो ।

सोमबार हुने फाईनल खेलमा विजेताले ५० हजार नगद र उप विजेताले ३० हजार नगद पाउने समेत महासचिव थापाले बताए ।

जिल्ला फुटबल संघ धादिङले आयोजनामा भएको आठौं एन्फा प्रतियोगितामा च्याम्पियनहरु प्रदेश लिगका लागि छनौट हुने छन् । प्रदेश लिग च्याम्पियनहरुले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् । यो साउनमा हुनेछ । भदौमा खेलाडी दर्ता सुरु हुनेछ । त्यसपछि सी, बी हुँदै ए डिभिजन लिग हुनेछ ।

राष्ट्रिय लिग भने आगामी वर्षदेखि हुने, जसमा एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र ए डिभिजन लिगका शीर्ष ६ टोलीले भाग लिनेछन् ।