धादिङ असार ११ । धादिङबेसीमा गत शनिबार देखि जारी आठौं एन्फा लिग प्रतियोगितामा आज तीन खेलहरु सम्पन्न भएका छन् ।
जिल्ला फुटबल संघ धादिङले आयोजना गरेको क्लव स्तरिय आठौं एन्फा लिगको बुधबार बिहान ९ बजे भएको खेलमा धादिङ समाज रगलौदी युवा समाज गोल रहित बराबरीमा रहे ।
यस्तै दिउँसो भएको दास्रो खेल पनि भद्रकाली सामुदायिक विकास समाज र पन्चकन्य यूवा कल्व ले बराबर १-१ गोल गरेका थिए ।
बुधबारको अन्तिम खेल गजूरी सामुदायिक विकास समाज र नलाङ कूम्पूर यूनाइटेड यूथ कल्व बीच भएको थियो जसमा गजूरी सामुदायिक विकास समाजले २ गोल गर्दै विजयी भएको जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले बताए ।
जिल्लाका विभिन्न १४ वटा टिमहरु बीच प्रतिस्पर्धा भैरहेको यस प्रतियोगिताका च्याम्पियनहरुको प्रदेश लिग हुनेछ । प्रदेश लिग च्याम्पियनहरुले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् । यो साउनमा हुनेछ । भदौमा खेलाडी दर्ता सुरु हुनेछ । त्यसपछि सी, बी हुँदै ए डिभिजन लिग हुनेछ ।
राष्ट्रिय लिग भने आगामी वर्षदेखि हुने, जसमा एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र ए डिभिजन लिगका शीर्ष ६ टोलीले भाग लिनेछन् ।