धादिङबेसीमा आठौं एन्फा लिग सुरु, १४ टिमको सहभागिता

Avatar photo
Dhadingpost
शनिबार, असार ७, २०७६

धादिङबेसी असार ७ । धादिङबेसीमा जिल्ला फुटबल संघ धादिङको आयोजनामा आठौं एन्फा लिग जिल्ला स्तरीय फुटबल प्रतियोगिताको सुरुभएको छ ।

जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाको सभापतित्वमा भएको उद्रघाटन कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले आठौं एन्फा लिग फुटबल प्रतियोगिता उद्घाटन गरे सँगै सुरु भएको हो ।

वर्षादको वावजुत पनि आज भएको खेलमा धादिङ समाज धादिङले ३-० अरुणदय युवा क्लवलाई हरायो भने पन्चकन्या फुटबल क्लव लाई १-३ को गोल अन्तरले न्यू स्टार युवा क्लवले पराजित गरेको थियो

जिल्लाका विभिन्न १४ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । जिल्ला लिग च्याम्पियनहरुको प्रदेश लिग हुनेछ । प्रदेश लिग च्याम्पियनहरुले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् । यो साउनमा हुनेछ । भदौमा खेलाडी दर्ता सुरु हुनेछ । त्यसपछि सी, बी हुँदै ए डिभिजन लिग हुनेछ ।

राष्ट्रिय लिग भने आगामी वर्षदेखि हुने, जसमा एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र ए डिभिजन लिगका शीर्ष ६ टोलीले भाग लिनेछन् ।

आठौं एन्फा लिग हुँदै (खेल टाईसिट समेत)