धादिङबेसी असार ६ । धादिङबेसीमा असार ७ गते देखि हुने आठौं एन्फा लिग फुटबल प्रतियोगिताको अन्तिम तयारी सकिएको आयोजकले बताएको छ ।
जिल्ला फुटबल संघ धादिङले आयोजना गरेको एन्फा लिगको लागि खेल मैदान मर्मत तथा रेखाङ्कन, खेलको टाईसिट निमार्ण कार्य सकिए सँगै अन्य सम्पूर्ण तयारी सकिएको संघ अध्यक्ष दिपक खतिवडाले बताए ।
जिल्लाका विभिन्न १४ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । जिल्ला लिग च्याम्पियनहरुको प्रदेश लिग हुनेछ । प्रदेश लिग च्याम्पियनहरुले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् । यो साउनमा हुनेछ । भदौमा खेलाडी दर्ता सुरु हुनेछ । त्यसपछि सी, बी हुँदै ए डिभिजन लिग हुनेछ ।
राष्ट्रिय लिग भने आगामी वर्षदेखि हुने, जसमा एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र ए डिभिजन लिगका शीर्ष ६ टोलीले भाग लिनेछन् । (तस्वीर सौजन्यःः हरि थापा)
खेल टाईसिट