धादिङ बैशाख १० । धादिङबेसी स्थित सुगमटोल निवासी मोहन तामाङले आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा जारी तेक्वान्दो तर्फ रजत पदक जितेका छन् ।
नेपाल आर्मीको टिमबाट प्रतिनिधित्व गर्दै धादिङ जिल्लाका खेलाडी मोहन तामाङ्ले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पद्क जित्न सफल भएका हुन् ।
नेपाल तेक्वान्दो संघ धादिङ र धादिङ तेक्वादो डोजाङबाट प्रशिक्षण लिएका मोहनलाई जिल्ला खेलकुद विकास समिति धादिङका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले प्रशिक्षण दिएका हुन् । मोहनले ६३ केजी तौलमा प्रतिस्पर्धा गरेका थिए । तस्विर सौजन्यः प्रदिप गिरी