धादिङ बैशाख ८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कानुन बनाएर नागरिकता वितरण गर्नुपर्नेमा गृहमन्त्रीको एउटा पत्रको भरमा नागरिकता वितरण हुनु मुलुककै लागी दुर्भाग्य भएको बताएका छन् ।
डा. कोईरालाले गृहमन्त्रीको त्यही पत्रलाई सर्वोच्च अदालतले सदर गरेपछी कतै यो बिषयमा सर्वोच्च अदालत र गृहमन्त्रालयको मिलेमतो छ की भन्ने आशंका पैदा गरेकाे आराेप समेत लगाए ।
सरकार नीतिगत भ्रष्टाचारमा लागेको बताउँदै डा. कोईरालाले वाईडबडी,एनसेल कर प्रकरण,फोर जी लगायत सबै भ्रष्टाचारका बिषयमा अनुसन्धान र छानबिन गरेर जतिसुकै ठुला र शक्तीशाली नेता संलग्न देखिए पनी कानुन बमोजिम कारबाही गरिनुपर्ने माग समेत गरेका छन् ।
नव वर्ष-२०७६ एवं बिस्केट जात्राको अवसरमा नेपाल आदिवासी जनजाती संघ भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोइरालाले भनेे -“बिश्वका बिभिन्न देशमा भ्रष्टाचारको आरोप लागेका पुर्व राष्ट्रपति र प्रधानमन्त्री जेल गैरहेका छन् । यदि दोषी देखिए हाम्रा देशका किन जान नहुने ?”
कार्यक्रममा भक्तपुर सभापती दुर्लभ थापा, आदीवासी जनजाती संघका केन्द्रिय अध्यक्ष ईन्द्र ब. गुरुङ्, राज्यमन्त्री दिलमान पाख्रिन, भक्तपुर कांग्रेसका पुर्व सभापतीहरु-लेखनाथ न्यौपाने, तिलक कायस्थ,महेस श्रेष्ठ, गणेश चक्रधर, तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष बिनोद कायस्थ,आदिवासी संघ भक्तपुरका अध्यक्ष नारायण तमाखु लगायतकाे आतिथ्ता रहेकाे थियाे ।