धादिङ चैत्र २३ । जिल्ला प्रहरीले सुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार धादिङको बेनिघाट रोराङ गाउँपालिकामा साईबर क्राईम र सुरक्षा सम्बन्धी कार्यक्रम भएको छ ।
जिल्लामा साइबर क्राइमका अपराजहरु बढे सँगै साईबरक्राईम र सुरक्षाका विषयमा जानकारी दिन समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बेनिघाट धादिङद्धारा बेनिघाट रोराङ गाउपालिका वडा नं.३ मा सुरक्षा सम्बन्धी कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।
वडा अध्यक्ष डम्बर बहादुर लोहनीको प्रमुख आतिथ्यतामा भएको साईबर क्राईम र यसको सुरक्षा जनचेतनामुलक कार्यक्रम स्थानियहरुले सहभागिता जनाएका थिए ।