धादिङ चैत्र २२ । धादिङ जिल्लाको सार्वाधिक पुरस्कार राशी रहेको खुल्ला अन्तर क्लव स्तरीय वाका कप फुटबल शनिबार (चैत्र २३ गते) बाट नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा सुरु हुने भएको छ ।
१ लाख ५ हजार प्रथम पुरस्कार रहेको यो दशौं वाका कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम तयारी सकिएको आयोजकले बताएको छ ।
आयोजक न्यू वाका राहा युवा क्लवका बेगबहादुर तामाङका अनुसार प्रतियोगितामा २४ टिमले भाग लिने छन्, चैत्र २२ गते देखि संचालन गर्ने तयारीमा थियौ तर रेफ्री आई नपुगेको कारण एक दिन ढिलो गरी प्रतियोगिता हुने भएको हो ।
वाकाको पहिचान, फुटबल र वाकाको बिकास हाम्रो अभियान भन्ने नाराको साथ सेमजोङ स्थित न्यु वाका राह युवा क्लव नेत्रावती डब्जोङ गाउँपालिकाले आयोजना गरेको यस प्रतियोगितामा खुल्ला अन्तर क्लव स्तरिय प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार पुरस्कार राशि हात पार्ने छ भने दोश्रो हुनेले ५५ हजार ५ सय ५५ नगद हात पार्ने छन् । तस्वीर आठौ वाका कपको हो ।
यस अघिका समाचारहरु
दशौं वाका कपको तयारी तिब्र, सहयोग आउने क्रम जारी
धादिङमा दशाैं वाका कप चैत्र २२ देखि
नवौं वाका कपको उपाधि न्यु वाका राहलाई
नवौं वाका कप फुटबल प्रतियोगिता हुँदै
आठौ वाका कप, नव स्टार युवा सामरीले चुम्यो