एड्भान्सद्वारा कक्षा १ मा जाने विद्यार्थी दिक्षित

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २०, २०७५

धादिङ चैत्र २० । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले कक्षा युकेजीबाट कक्षा १ मा गएका ६९ जना विद्यार्थीहरुलाई दिक्षित गरेकाे छ ।

मास्टर डिग्री पास गर्ने विद्यार्थीलाई दिक्षित गरिने परम्परा ताेड्दै एड्भान्स एकेडेमीले गत शैक्षिक सत्रबाट सुरु गरेकाे कक्षा १ मा जाने विद्यार्थीलाई गरेकाे याे दाेश्राे दिक्षित हाे ।

विद्यालयमा अभिभावकहरुकाे उपस्थितिमा कक्षा नर्सरी देखि कक्षा युकेजि सम्मकाे परिक्षाफल प्रकाशित गर्दै कक्षा १ मा जाने विद्यार्थीलाई दिक्षित गर्ने धादिङ जिल्ला कै पहिलाे विद्यालय रहेकाे विद्यालय कम्पनी संचालक समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गाेरखालीले बताए ।

यस्तै दिक्षित समाराेहमा बाेल्दै निर्देशक विष्णुप्रसाद काेईरालाले एड्भान्स एकेडेमी जिल्लाकै नमुना विद्यालयकाे रुपमा अगाडि बढेकाे बताएका थिए ।

कार्यक्रममा एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुढाथोकीले अाधुनिक शिक्षण विधि, बाल मैत्री शाेचालय, बाल मैत्री खानेपानीकाे धारा, बाल उद्यन रहेकाे जिल्लाकाे उत्कृष्ट विद्यालय एड्भान्स नै रहेकाे बताएका थिए । उनले उपस्थित अभिभावकहरुलाई आस्वस्थ पार्दै भने हामी बालबालिकाकाे मनाेविज्ञान अनुसार शिक्षण विधि अपनाई रहेका छाै ।

कक्षा १२ सम्म पठन पाठन गर्दै आई रहेकाे यस एड्भान्स एकेडेमीले कानुनी तहमा समेत अध्यापन गर्दै आएकाे छ ।
प्राईमरी लेभल हाेस् या मावि, उमावि हाम्रो उत्पादन विश्व व्यापी प्रतिस्पर्धा गर्न सक्ने हुन्छन् । विद्यार्थी कसरी सिक्न उत्सुक रहन्छन् र विश्व शैक्षिक विधि कसरी अगाडि बढि रहेकाे छ हामीले त्यहि विधि प्रयाेग गरि रहेका छाै । साना नानी बाबू दिक्षित पनि यसैकाे उपज भएकाे एशाेसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपाेष्टलाई बताए ।