धादिङ चैत्र १९ । सबै भन्दा बढी जिल्ला दौडाहामा रहेेेका नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य डा शेखर कोइराला चैत्र-२० गते धादिङबेसी आउने भएका छन् ।
पार्टीको १४ औं महाधिवेशनका सभापती पदका बलिया उमेद्धारका रूपमा हेरिएका डा. कोइराला चैत्र-२० गते कांग्रेस निकट शिक्षक संघ धादिङकाे जिल्ला प्रतिनिधी सभा उद्घाटन गर्न धादिङ्बेसी आउन लागेेेेका हुन् ।
एकरात धादिङबेसी गरि अाउन लागेका डा. शेखरले पार्टी,भात्रृ एवं शुभेच्छुक संगठनका नेता तथा कार्यकर्ता र बुद्धीजिवीहरू सँग भेट्ने कार्यक्रम रहेको स्वकिय सचिव दिनेशचन्द्र थपलियाले धादिङपाेष्टलाई जानकारी दिए ।
चैत्र-२१ गते बिहान नेपाली कांग्रेस धादिङ्को कार्यलय धादिङबेसीमा पार्टीका अगुवा कार्यकर्तालाई संबोधन गर्ने कार्यक्रम पनी रहेको स्वकिय सचिब थपलियाले जनकारी दिए ।