धादिङ चैत्र १८ । मोटर साईकल दुर्घटनामा परि धादिङ ज्यामरुङका राजन धमलाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
मुग्लिन तर्फबाट मलेखु तिर आउदै गरेको मोटर साईकल पृथ्वी राजमार्ग अन्तरगत मौवा खोला नजिकै दुर्घटना हुँदा धमलाको मृत्यू भएको प्रहरीले जनाएको हो ।
विहान साँढे सात वजे मुग्लिन तर्फबाट बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । तस्वीरः बिकासपोष्टबाट