बैशाख १३ गते राष्ट्रिय फाेटाे पत्रकारिता अवार्ड हुने

Avatar photo
Dhadingpost
चैत्र १३, २०७५

धादिङ चैत्र १३ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आगामी २०७६ साल बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारे राष्ट्रिय फोटो पत्रकारिता अवार्ड गर्ने भएकाे छ ।

एनफएपीजे नेपालले काठमाडौंमा आफनो स्थापनाको २२ औं वर्षगाँठको अवसरमा बैशाख १३ गते अवार्ड गर्ने भएकाे हाे ।

एनएफपिजेले बुधबार पत्रकार सम्मेलन गरेर ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ को मिति सार्वजनिक गरेकाे हाे ।

वार्डका विधाहरु
१. लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५ः
लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगतलामो समयदेखि सक्रिय रुपमाक्रियाशीलफोटो पत्रकार तथा लामो समय फोटोपत्रकारीतागरि हालनिवृत्त हुनु भएका हाम्रागुरुहरुहरु मध्येबाट एकजनालाई प्रदान गरिनेछ । यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।
२. दैनिकजीवन फोटोपत्रकारिता विधा:
समाजको दैनिकगतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदानगरिने छ ।
३. खेलकुद फोटोपत्रकारीता विधा:
यो विधा अन्र्तगत खेलकुदको क्षेत्रमा वर्ष भरी उत्कृष्ट फोटो खिच्ने एक जना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ ।
४. महिला फोटोपत्रकारिता विधाःमहिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला फोटो पत्रकारहरु मध्ये बाट छनौट गरी एक जना लाई यो पुरस्कार वितरण गरिने छ ।
५. पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधा:
देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा गर्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ ।
६. आर्थिक फोटोपत्रकारिता विधा:
व्यापार, व्यवसाय लगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलापहरुको फोटो माध्यमबाट फोटो पत्रकारिता गर्ने एक उत्कृट फोटोपत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्ने छन् ।
७. राजनैतिक फोटोपत्रकारिता विधा:
देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।
८. मनोरन्जन फोटोपत्रकारिता विधा:
देशको महत्वपूर्ण मनोरन्जनात्मक गतिविधिलाई फोटोको माध्यमबाट फोटो पत्रकारिता गर्ने एकजना उत्कृष्ट पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदानगरिनेछ ।
९. प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधा:
राजधानी बाहिर रहेर प्रदेश नं १ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
१०. प्रदेश नं. २ उत्कृष्ट फोटोपत्रकारिता विधा:
राजधानी बाहिर रहेर प्रदेश नं २ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
११. प्रदेश नं. ३ उत्कृष्ट फोटोपत्रकारिता विधा:
राजधानी बाहिर रहेर प्रदेश नं ३ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
१२. प्रदेश नं. ४ उत्कृष्ट फोटोपत्रकारिता विधा:
राजधानी बाहिर रहेर प्रदेश नं ४ (गण्डकी) मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
१३. प्रदेश नं. ५ उत्कृष्ट फोटोपत्रकारिता विधा:
राजधानी बाहिर रहेर प्रदेश नं ५ मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
१४. प्रदेश नं. ६ उत्कृष्ट फोटोपत्रकारिता विधा:
राजधानी बाहिर रहेर प्रदेश नं ६ (कर्णाली) मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।
१५. प्रदेश नं. ७ उत्कृष्ट फोटोपत्रकारिता विधा:
राजधानी बाहिर रहेर प्रदेश नं ७ (सुदुरपश्चिम) मा सक्रिय रुपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।

राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७५मा सहभागीताका लागि नियमहरु:

१. राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा प्रत्येक वर्ष यो अवार्ड बैशाख १३ गते प्रदान गरिने छ ।
२. अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न १५ विधाबाट नगद सहित सम्मानित गरिने छ ।
३. अवार्डमा सहभागी हुनका लागि छापा माध्यममा कम्तीमा १वर्ष काम गरेको हुनुपर्ने र अनलाईन मिडियाको हकमा भने कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ । आवेदन फारमसँगै कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि,अनिवार्य रुपमा समावेश गराउनुपर्नेछ ।
४. अवार्डमा सहभागीहुनका लागि सम्पूर्ण फोटोपत्रकारहरुले संस्थाको आधीकारीक इमेलमा आफ्नो वायोडाटा एक प्रति क्यामेरा वोकेको ६,४ इन्च को आफ्नो फोटो साथै कुन कुन विधामा आवेदन दिन लागेको हो प्रत्येक विधा अन्तरगर्तको फोटो पठाउदा २०७५ साल भरि खिचिएका ५,५ वटा वर्ष उत्कृट फोटो १२,१८ इन्च को ३०० डिपिआइमा क्याप्सन सहित भ्mबष्स् िलाउवलभउबद्दिण्छघ२नmबष्।िअयm मा पठाउनु पर्नेछ । साथै धधध।लाउव।यचन।लउ मा पनि अनलाइन फारम भरेर आवेदन दिन सकिने छ ।
५. देशभर फोटोपत्रकारिमा सक्रिय रुपमा काम गर्ने सम्पूर्ण फोटो पत्रकारहरुले सहभागीता जनाउन सक्नु हुनेछ ।
६. प्रदेश फोटोपत्रकारिता अवार्डको हकमा भने प्रदेशमा रहेर वर्ष भरी खिचिएका ५ वटा उत्कृष्ट विभिन्न विधाका फोटोहरु क्याप्सन सहित १२ ह् १८ इन्च को ३०० डिपिआइमा पठाउनु पर्ने छ ।
७. अर्वाडको लागि आवेदन फारम वैसाख ३ गते सम्म पठाइ सक्नु पर्ने छ ।

अवार्ड छनौटका प्रक्रियाहरु:
विभिन्न छापा तथा अनलाइन माध्यममा कार्यरत फोटो सम्पादकहरु मध्येबाट एकजना बरिष्ठ फोटो पत्रकार मध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष र कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कार बारे अन्तिम निर्णय लिनेछ ।