माेहन कार्की जीवन्त पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २, २०७५

धादिङ चैत्र २ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्धको घोषणा गरेर धरपकड शुरु गरेको सरकारले पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलाई पक्राउ गरेको छ ।

शुक्रबार ललितपुरको च्यासलबाट औषधी लिन डेरामा पुगेका जीवन्तलाई प्रहरीले पक्राउ गरेेेेकाे पारीवारीक स्रोतले जनाएको छ ।

सुगर रोगले पीडित कार्की औषधी लिन भन्दै डेरामा पुग्नासाथ सादा पोशाक र ड्रेसमा गएका प्रहरीले पक्राउ गरेर लगेको जनाईएको छ ।

उनलाई पक्राउ गरिएको बारे ललितपुरमा एसपी रबीन्द्र धानुकले जानकारी नभएको प्रतिकृया दिए ।

उनी यस अघि पनि पक्राउ परेका थिए । त्यस बेला सर्वोच्च अदालतको आदेश पछि रिहा भएका थिए ।

समाचार स्रोत मिरमिरे अनलाईन ।