धादिङमा हुने म्यूजिक कन्सर्टमा डीजे सिमाेन आउने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २८, २०७५

धादिङ फागुन २८ । धादिङको अत्याधुनिक सुविधा सहित ओपनिङ्को तयारीमा रहेकाे धादिङ क्रिक रिसोर्टले फागु पुर्णिामाकाे अवसरमा म्यूजिक कन्सर्ट आयाेजना गर्ने भएकाे छ ।

नेपाली पछिल्लाे पुस्ता (युवा/युवती) माझ अत्यधिक रुचाईएका डीजे सिमाेन उक्त म्यूजिक कन्सर्टमा आउने भएका छन् ।

काठमाडौकाे ठमेलमा रहेर देश विदेशमा हुने म्यूजिक कन्सर्टमा व्यस्त रहने डिजे सिमाेन खासमा रिमिक्स म्यूजिसियन हुन् ।

दर्शकलाई उच्चतमा मिठास र मनाेरन्जन दिन सक्ने क्षेमताका डिजे सिमाेन चैत्र ६ गते धादिङ आउने भए सँगै अायाेजकले प्रचार प्रसारलाई तिब्रता दिएकाे छ ।

सबै उमेर समूहलाई लक्षित गरी हामीले म्यूजिक कन्सर्ट राखेका छाै । राष्ट्रिय देखि स्थानीय कलाकारहरुकाे जम्घट हुने रिर्सोटका संचालक रामचन्द्र गिरीले धादिङपाेष्टलाई बताए ।