शिक्षा र विज्ञानको क्षेत्रमा आमुल परिवर्तनको सुरुवात -मन्त्री पोखरेल

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २५, २०७५

संजय देवकोटा
धादिङ फागुन २५ ।
नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षा तथा विज्ञानको क्षेत्रमा परिणाम मुखि परिवर्तनको सुरुवात भएको बताएका छन् ।

नेपाल निवृत्त शिक्षक समाज धादिङको कार्यक्रम उद्घाटन गर्न धादिङबेसी आएका मन्त्री पोखरलले कानुनहरु निर्माण कार्य अन्तिम चरणमा पुगेका छन्, परिणममुखी परिवर्तनको लागि केहि समय लाग्ने बताएका हुन् ।

राष्ट्रिय शिक्षा नीति र शिक्षा विधेयक बनाउने कार्य भइरहेकाले उक्त विधेयकभित्र उच्च शिक्षा, विद्यालयीय शिक्षा, प्राविधिक शिक्षा, राष्ट्रिय परीक्षा बोर्ड लगायतका विषयहरलाई महत्वका साथ संवोधन गरिएको पनि उनले बताए ।

सरकारले प्राविधिक शिक्षालाई उच्च महत्व दिइएको बताउदै मन्त्री पोखरेलले देशका ४ सय ५७ वटा स्थानीय तहमा प्राविधिक शिक्षा पुगिसकेको र १ सय ५० वटा स्थानीय तहमा यसै वर्ष पु¥याइने बताउदै आउदो वर्षसम्ममा सबै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताएका छन् ।

मन्त्री पोखरलले नेपालको साक्षरता दर बढाउन अधिकतम प्रयास गरेको बताउदै २०८५ सालसम्ममा आधारभूत शिक्षा प्राप्त नगरेका नागरिकले बैकं खाता खोल्न नपाउने बाध्यकारी नीति निमार्ण गर्न लागेको समेत बताएका थिए । उनले ३ लाख १३ हजार बालबालिका विद्यालय बाहिर रहेको सन्दर्भमा गत साल २ लाख ५४ हजार बालबालिकालाई विद्यालय भर्ना गरिएको र भर्ना कार्यक्रमलाई यसपाली पनि विशेष महत्वका साथ अगाडि बढाइने बताए ।

नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष रामकुमार श्रेष्ठको सभापतित्व रहेको स्मारिका विमोचनव तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री पोखरेलको प्रमुख आतिथ्यता, पूर्व शिक्षा मन्त्री गङ्गालाल तुलाधर पूर्व सांसद गुरु बुर्लाकोटी, प्रदेश सांसद डा. रामकुमार अधिकारी, पूर्व राज्यमन्त्री ठाकुर प्रसाद शर्मा लगायतको को आतिथ्यता रहेको थियो ।