धादिङबेसी फागुन २३ । धादिङबेसीमा जारी धादिङ पर्यटन तथा औद्योगिक मेला २०७५ मा भोलि (फागुन २४ गते) ख्याति प्राप्त कलाकारहरु आउने भएका छन् ।
पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान, भन्ने मुल नाराको साथ जिल्ला होटल संघ धादिङले फागुन १७ गतेबाट आयोजना गरेको धादिङ पर्यटन तथा औद्योगिक मेलामा फागुन २४ गते राधिका हमाल, पूर्णकला वि.सी., रामजि खाँड, हेमन्त शर्मा, हास्य विधाकी प्याकुली लगायतका कलाकार आउने मेला प्रचार प्रसार समितिका संयोजक राजन दनैले बताए ।
आज (फागुन २३ गते) सत्य स्वरुपराज आधुनिक गायक, मनमाया वाइवा लोक गायिका, सागर वि. सी. लोक गायक, रमिता गुरुङ मोडल डान्स, मैना रेश्मीमगर लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको थियो ।