विप्लव कार्यकर्ता धादिङमा के गर्दै छन् ? सेक्रेटरी सँग ताजा संवाद

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २३, २०७५

१. तपाईंको परिचय बताइ दिनुहाेस् ।
-म बुद्ध हाल नेकपा धादिङको जिल्ला सेक्रेटरी ।

२. के छ सर आजकल कता केमा व्यस्त हुनुहुन्छ ?
-हामी अहिले संगठन सुदृढ तथा विस्तार अभियान मै व्यस्त छौं ।

३. तपाईंहरुको अभियानमा जनचासो कत्तिको पाउनु भएको छ ?
-जनताको राम्रो समर्थन छ, देशमा बढ्दो हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार मौलाउँदै गरेकोले त्यसको विरुद्ध हाम्रो पार्टीले डटेर लड्दै अगाडि बढी रहेको छ । हामी जनताको साथमा रहेर आफ्नो गतिविधि गरि रहेका छौँ ।

४. सरकार बिप्लप नेतृत्व ने कपा देखि खतरा हुन सक्ने भन्दै सुरक्षा सयन्त्रलाई चनाखो रहन भन्ने ? तपाईहरु खुल्ला संगठन बनार्इ हिँड्ने यो के हो ?
-आत्तिएर बसेको मनलाई फट्याङग्रा उफ्रिँदा सिंह उफ्रिएको जस्तो लाग्छ भने जस्तै काण्डै काण्डले अताल्लिएको सरकार भ्रष्टाचारले लत्पत्तिएको सरकारले हाम्रो पार्टीलाई खतरा देख्नु स्वभाविक हो किनभने हाम्रो प्रमुख दुस्मन भनेको आजको भ्रष्टाचारी, तस्करी, कमिसनखोर र सामाजिक दलाल हुन्, चाहे त्यो एउटा सामान्य गाउँमा बस्ने किन नहोस् चाहे त्यो सिंह दरबार भित्र बस्ने किन नहोस्, तिनीहरु विरुद्ध हाम्रो आन्दोलन हुनेछ र त्यो आन्दोलनलाई जनताले साथ दिईरहेका छन् । त्यसैले हाम्रो अभियान जनता माझ खुल्ला छ, किन जनता नै सबैभन्दा ठुलो शक्ति हो यसलाई लुकाउनु जरुरी हुँदैन ।

५. अनि तपाईंहरुको पार्टीलाई राज्यले धरपकड गिरफ्तारी बढाई रहँदा तपाईंहरूको अभियानलाई अफ्ठेरो परेको छ हैन ?
-राज्यको धरपकद र गिरफ्तारीले हाम्रो पार्टी काहीँ कतै पनि विचलित छैन, पार्टीको अभियान निरन्तर छ र रहनेछ, देश भर नै अभियान चलिरहेको छ, किनभने हाम्रो पार्टी जनतासँग जोडिएको पार्टी हो । त्यसैले यो राज्यको गैरदमनको विरुद्ध जनताले नै वकालत गर्नेछ यो राज्य निरिह बन्दै गएको प्रष्ट छ ।

६. विप्लप जनयुद्ध गर्दै छन्, यो झुठ हो ? होइन भने खुल्ला संगठन बनाउँदै हिँड्दा अन्य दल भन्दा के फरक भो र तपाईंको पार्टी ?
-हामी जनयुद्ध गर्दै छैनौ यो प्रष्ट छ । हामीले गर्ने भनेको क्रान्ति हो र क्रान्ति भनेको परिवर्तन हो । ताकी युद्ध होइन र हामी शान्तिपुर्ण ढंगबाट जनताको अधिकारहरू सुनिश्चित गर्न चाहन्छौँ तर हामी शान्तिपूर्ण तरिकाले जनाधिकारको लागि अगाडि बढदै गर्दा यो राज्य बन्दुकद्वारा दमनको नीति तयार गर्छ भने त्यो हामीलाई सैह्य हुने छैन । आज यो प्रतिक्रियावादी राज्य सत्ता विप्लप नेतृत्वको नेकपा फ़ेरि जनयुद्ध गर्दै छ भन्ने जुन प्रचार छ यो एकदम गलत हो ।

७. सुनिन्छ तपाईंहरु सँग त जनसत्ता छ, जनमुक्ति सेना पनि छ रे अझै सेनामा भर्ना हुन आव्हान पनि गरिएको छ रे के हो ?
-हो छ, यो कुरा धेरै पछि सुन्नु भएछ, हाम्रो आफ्नै जनसत्ता छ, र सत्ता सनञ्चालनको निमित्त के–के आवश्यक पर्छ त्यो सबै छ र सबैलाई थाहा भएकै कुरा हो ।

९. अबको तपाईंहरूको आन्दोलन दसवर्से जनयुद्धको जस्तै यो देशका राजनैतिक दल, सेना र पुलिस सँगै त हुने होला हैन ?
-राजनैतिक दल हाम्रो दुस्मन होइन सेना पुलिस हाम्रो दुस्मन होइन तर अबको हाम्रो आन्दोलन यो देशलाई लुटिखाने दलालहरू सँग हुनेछ, चाहे त्यो राजनैतिक दल भित्र रहने वाला किन नहोस् चाहे त्यो सेना पुलिस भित्रका किन नहोस् ।