
धादिङ फागुन १९ । पुर्व माओवादी नीकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङकाे विस्तारित बैठक सम्पन्न भएकाे छ ।
नेकपा नेताहरु पुष्पविक्रम मल्ल र रामबहादुर भण्डारीकाे उपस्थितिमा आईतबार धादिङबेसिमा विभिन्न ६ वटा निर्णय गर्दै सम्पन्न भएकाे हाे ।
यी हुन् बैठकले गरेकाे निर्णयहरु :
१. सरकारद्वारा बेसमयमा गरिएको स्रोत ब्यक्तिको काज फिर्ताबाट सट्टा शिक्षकहरु बिस्थापित हुने पुगेकाले बिस्थापित शिक्षकहरुलाइ तत्काल पदस्थापन गर्न शिक्षा इकाइलाई ध्यानाकर्षण गराउने र शैक्षिक सत्रको अन्त्यपछि मात्र स्रोत ब्यक्तिहरुको काज फिर्ता गर्न माग गर्ने ।
२. राहत,उच्च मा.बि. शिक्षक,बालबिकास शिक्षक र अस्थायी करार शिक्षकहरुको न्यायोचित माग अबिलम्ब पूरा गराउन दवाब दिने र आन्दोलनप्रती ऐक्यबद्धता प्रकट गर्ने ।
३. संगठन सुदृढीकरणका लागि यहि चैत्र २० गतेभित्र सबै स्थानिय तहका बिस्तारित बैठक सम्पन्न गर्ने र सो प्रयोजनका लागि नेतृत्व खटाउने ।
४. शैक्षिक गुणस्तर सुधारका निम्ति शिक्षकहरुको दक्षता अभिवृद्धिका लागि जिल्लाका उत्तर,मध्य र दक्षिण क्षेत्रीयस्तरका ३ वटा ICT तालिम सन्चालन गर्ने ।
५. शिक्षक महासंघ गठनका लागि पहल गर्ने ।
६. उपयुक्त समय तोकि जिल्लास्तरिय शैक्षिक तथा पेशागत गोष्ठी आयोजना गर्ने ।
बैठकमा समसामयिक गतिविधिकाबारेमा नेकपा केन्द्रिय सदस्य तथा शिक्षक संगठनका फ्र्याक्सन इन्चार्ज पुष्पविक्रम मल्ल र नेकपा नेता रामबहादुर भण्डारीले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
