धादिङ उद्योग वाणिज्य संघमा पदाधिकारी चयन

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७५

धादिङ फागुन १९ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले सहमतिका आधारमा कार्यसमितिको पदाधिकारी चयन गरेका छन् ।

गत माघ महिनाको अन्तिम साता भएको संघको २५ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पूर्णता दिँदै अध्यक्ष खत्रीले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव चयन गर्दै कार्यसमितिलाई पुर्णता दिएका हुन् ।

शनिबार धादिङबेसीमा बसेको निर्वाचित अध्यक्ष सहित सदस्यहरुको वैठकमा अध्यक्ष खत्रीले वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा राजाराम सिलवाल, वाणिज्य उपाध्यक्षमा रामकुमार शाह, महिला उपाध्यक्ष विष्णु श्रेष्ठ, महासचिवमा लोकनाथ डल्लाकोटी, कोषाध्यक्षमा रामकुमार डल्लाकोटी, सचिवमा द्वय राजेश अधिकारी र निर्पेश नौपाने लाई चयन गरेका हुन् ।

नबौं अधिबेशनबाट विजयीहरु
माघको अन्तिम साता भएको नवौँ अधिवेशनमा अध्यक्ष रुद्रबहादुर खत्री, महिला सदस्यहरुमा विष्णु श्रेष्ठ, मनमाया गोतामे, गीता पाठक, एशोसियट सदस्यहरुमा पुष्प थपलिया र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका थिए ।

उद्योग सदस्यहरुमा अजय त्रिपाठी रमेश, राजाराम सिलवाल, वाणिज्य सदस्यमा राजेश अधिकारी, रामकुमार शाह निर्वाचित, बस्तुगत सदस्यमा गोविन्द भण्डारी र रमेशभाई अधिकारी विजयी भएका थिए ।

यस्तै खुल्ला सदस्यहरुमा निर्पेश न्यौपाने, विश्वराम दुवाडी, लोकनाथ डल्लाकोटी, किरण रावल, रामकुमार डल्लाकोटी, ईश्वरप्रसाद कोइराला, शंकर पण्डित, सुदिप रसाइली र विष्णुमणि श्रेष्ठ निर्वाचित भएका थिए ।