धादिङ पर्यटन तथा औद्योगिक मेला, फागुन १९ गते आउने कलाकार

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १८, २०७५

धादिङ फागुन १८ । धादिङबेसीमा पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, भन्ने मुल नाराको साथ फागुन १७ गतेबाट सुरुभएको धादिङ पर्यटन तथा औद्योगिक मेलाको तेस्रो दिन लोक गायक/गायीकाको जमघट हुने भएको छ ।

लोक गायनमा आफ्नो छुट्टै पहिचान बनाएका प्रकाश सपुत, कला लम्साल, राकेश गुरुङ, बल बहादुर गुरुङ, आरम्भ तामाङ लगायतका कलाकारहरुको जमघट हुने भएको हो ।