धादिङ समाज युएईद्वारा नगद सहयोग हस्तान्तरण

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १७, २०७५

धादिङ पुस २४ । धादिङ जिल्लाबाट रोजगारीको शिलशिलामा युएईमा रहेकाहरुको संस्था धादिङ समाज युएईले धादिङका भिन्दा भिन्दै चारजना पिडितहरुलाई नगद सहयोग गरेको छ ।

धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापा आफै उपस्थित भएर बेनिघाट रोराङ गाउँपालिका स्थित चरौदीको तुईन चालक ८० बर्षिय शुक्रबहादुर चेपाङलाई नगद १५ हजार सहयोग प्रदान गरेका छन् ।

विगत २० वर्ष देखि तुईन चालक शुक्रबहादुर चेपाङको हातका औलाहरु तुईनको कोक्रे तान्दा तान्दा बाङ्गो भैसकेको, गरिबीको राती खुल्ला आकाश मुनी बस्न बाध्य भन्ने समाचार प्रकाशित भए सँगै धादिङबेसी बीचबजार निवासी कुमार अधिकारी पहलमा अष्ट्रियामा रहेका नेपालीहरु ले नगद ६९ हजार ३ सय ७१ रुपैया चेपाङलाई एक महिना अघि पनि प्रदान गरिएको थियो ।

गंगाजमुना गाउँपालिका गुम्दीका प्रकाश रिजाललाई पनि नगद १५ हजार धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापाले हस्तान्तरण गरेका छन् । समाजका आजिवन सदस्य रहेका रिजाल अहिले ब्याकबोनको समस्या ग्रस्त रहेकोले उपचारमा सहयोग होस् भन्ने आशाका साथ उक्त रकम प्रदन गरिएको अध्यक्ष थापाले बताए ।

समाजले यस्तै गल्छी गाउँपालिका कल्लेरीका केदार भट्टको परिवार (एकै घरका ४ जना अपाङ्ग) लाई पनि १५ हजार नगद सहयोग प्रदान गरेको छ ।

हामी समाजका आजिवन सदस्य कार्यसमिति सदस्यहरुले अलिअलि जम्मा गरेर संकलन भएको आर्थिक सहयोग प्रदनान गरि रहेका छौ अब हाजभोलि मै थाँक्रे गाउँपालिका महादेवबेसीका ब्लड क्यान्सर पिडित रन्जित घिसिङलाई पनि नगद १५ हजार दिने कार्यक्रम रहेको अध्यक्ष थापाले धादिङपोष्टलाई बताए ।

धादिङका सबै स्वास्थ्य संस्थाहरुमा नेबुलाईजन वितरण गरेको धादिङ समाज युएईले जिल्लाका गरिव दिन दुःखिहरुलाई सहयोग गर्दै आईरहेको छ ।