धादिङ फागुन १६ । नेपालका पहिलाे राष्ट्रपति रामवरण यादवले आज उद्घाटन गर्ने भनिएकाे पर्यटन तथा औद्योगिक मेलाकाे उद्घाटन फागुन १७ गते हुने भएकाे छ ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर एच वान २५ बुधबार ताप्लेजुङ दुर्घटना हुँदा उड्डयनमन्त्री अधिकारी सहित ७ जनाकाे मृत्यु भएकाे यश दुखद शाेककाे कारण महाेत्सव उद्घाटन बिहिबारलाई सारिएकाे आयाेजक हाेटल संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
यस्तै नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५ फाल्गुण १५ गते बसेको आकस्मिक बैठकबाट मिति २०७५ फाल्गुण १६ गते राष्ट्रिय शोक मनाउने र स्वदेशमा रहेका सबै सरकारी कार्यालयहरू, शिक्षण संस्थाहरू एवम् विदेशस्थित कुटनैतिक नियोगका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भए बमोजिम आज विद्यालयका सम्पूर्ण कक्षाहरु बन्द रहने छन् ।